कलैया । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले घुमुवा परिचालन गर्न रोक लगाएका छन् । तर मातहतका गणपतिहरुले सोझै घुमुवा नराखी गुल्म र बीओपीहरुमा खटाउने र त्यहीँबाट भन्सारछली गर्नेहरुसँग कनेक्सन मिलाएर अतिरिक्त कमाइ गर्ने बाटो अवलम्बन गर्ने गरेका छन् । विशेषगरी भारतीय सीमासँग जोडिएका तराईका जिल्लाका गणपतिहरुले सशस्त्र मुख्यालयको आँखा छल्दै घुमाउरो ढंगले घुमुवा परिचालन गरी असुली गर्दैआएका छन् । गणका लेखामा कार्यरत जनशक्तिलाई पनि अतिरिक्त असुलीमा लगाउने गरिएको स्रोत बताउँछ ।
बाराको १२ नम्बर गणका एसपी सन्तोषबहादुर सिंहले पनि यस्तै तरिका अपनाएका छन् । आईजीपीको सचिवालयमा कार्यरत सिंहले १२ गणबाट सोझै घुमुवा खटाएको देखिंदैन । उनले सिम्रौनगढको पिपरपाटी, मटिअर्वा बीओपीमा गणबाट विश्वासिला सशस्त्र प्रहरी पठाउने र तिनैले तस्करहरुसँग डिल गर्ने र एसपीसम्म भागबण्डा पुर्याउने गरेको स्रोत बताउँछ । सिधा हेर्दा घुमुवा खटाएको नदेखिए पनि मातहतका गुल्म र बीओपीमा खटाएकाहरुलाई त्यहाँका इन्चार्जले एसपीका मानिस भएपछि रोकतोक गर्न सक्दैनन् । एसपीले पठाएकाहरुको गतिबिधि नियन्त्रण गर्ने ल्याकत उनीहरुसँग हुँदैन ।
एसपी सिंहले लेखा सहायक होमबहादुर थापामार्फत् बीओपी र बेसमा जाने र राजमार्गमा सरुवा हुने तल्लो दर्जाका प्रहरीसँग दररेट लिने गरेको आरोप छ । थापामार्फत् कारोबार मिलेपछि उनले गणका प्रशासन हेर्ने अधिकृतलाई सूची थमाएर उनीहरुलाई सीमाका बोर्डर आउटपोष्ट र राजमार्गहरुमा सरुवा गर्ने गरेको आरोप छ । स्रोतका अनुसार ३ हजारदेखि ७ हजारसम्म ठाउँ हेरी उनले तल्लो दर्जाका सशस्त्र प्रहरीसँग लिने र एसपी सिंहलाई नाम दिएर सरुवा गराउने गरेका छन् । रासन र लेखाको समेत काम गर्ने भएकाले बाहिर जान आउन थापालाई छुट छ । त्यसैको फाइदा उठाएर उनले ठूला तस्करहरुसँग पनि सेटिङ मिलाउने गरेका छन् ।
थापा १२ नम्बर गणमा कार्यरत रहेको १७ बर्ष भइसकेको छ । पेन्सन नै पकाइसकेका थापा बीचमा शान्ति मिसनमा गएर फर्किएपछि पनि त्यही गणमा दरबन्दी मिलाउन सफल भएका थिए । जागिरमा प्रवेश गरेदेखि नै उनले उक्त गण छाड्नुपरेको छैन ।
त्यसैगरी सहायक हवल्दार सनोज चौधरीलाई बीओपी मटिअर्वामा खटाइएको छ । सिपाहीहरु चान्सी यादव र लखिन्द्र यादव पनि गणबाटै एसपीकै घुमुवाका रुपमा खटिएका छन् । एसपीले उनीहरुलाई उक्त बीओपीबाट मासिक बुझाउने सर्तमा खटाएको बताइन्छ । सिम्रौनगढ क्षेत्रको पिपरपाती गुल्मबाट हवल्दार सिपाहीप्रसाद यादव एसपीको दूतका रुपमा खटिएका छन् ।
यसैबीच, सशस्त्र प्रहरी बल प्रधान कार्यालयको परिपत्रको उल्लंघन गर्दै महोत्तरी जिल्लामा सशस्त्र प्रहरीको गणका प्रमुखले घुमुवा परिचालन गरेका छन् ।
महोत्तरीस्थित सशस्त्रका गणपति विनोद केसीले सिपाही अजय साहलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । महोत्तरीको सबैभन्दा बढी तस्करी हुने सम्सी नाकाबाट तस्करी गर्ने तस्करहरूसंग उनको धेरै बसउठ र भेटघाट हुने गरेको स्रोत बताउँछ । साहको घर महोत्तरी जिल्लाको पिपरा गांउपालिका सौहार्वा गाउँ हो ।
तस्करीको अखडा सम्सी नाकामो सशस्त्र प्रहरीको तर्फबाट निरीक्षक कृष्ण गुरूङ खटिएका छन् । केही दिन अघि मात्रै त्यहाँ कार्यरत निरीक्षक बाहिनी आएपछि गुरूङ खटिएका हुन् ।
त्यसैगरी नेपाल प्रहरीको तर्फबाट बरिष्ठ सई परमानन्द यादव कार्यरत छन् । सई यादव जनकपुरस्थित गणमा दरबन्दी भए पनि प्रदेश प्रहरी कार्यालयको आदेशले महोत्तरी जिल्ला प्रहरी कार्यालयमा काजमा आएको पाँच दिनमा नै जिल्लाको सबैभन्दा राम्रो मात्रै होइन अतिरिक्त धेरै कमाई हुने सम्सी प्रहरीमा खटिएका हुन् । यो ठाउँमा जान चलखेल हुने गरेको छ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend