Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • रास्वपाको राष्ट्रिय भेलामा देशभरबाट १५ सय प्रतिनिधि सहभागी हुने


    बिहिबार, भाद्र २७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आगामी असोज १ र २ गते हुने भएको छ । रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे जानकारी गराएको हो ।

    सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनमा राष्ट्रिय भेलामा देशभरबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु आउने जानकारी दिएका छन् ।

    राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने सांगठनिक प्रतिवेदन पनि प्रस्तुत गरिने उनले बताए । सह–महामन्त्री बुर्लाकोटीका अनुसार सातै प्रदेशबाट आएका प्रदेश सभापतिहरुले पनि संक्षेपमा प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार