काठमाडौं । नेपाललाई हिन्दू अधिराज्य पुनस्र्थापना गर्ने मागसहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ ।
राप्रपालगायत विभिन्न हिन्दूवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमूलक सहभागितामा शुक्रबार दिउँसो १.०० बजे माइतिघर मण्डलाबाट ऱ्याली निकालिने विश्व हिन्दू महासंघले एक पत्रकार सम्मलेनको आयोजना गरि जानकारी गराएको हो ।
संघीय गणतान्त्रिक धर्म निरपेक्ष संविधान स्थापना भएदेखि देशमा रहेका बहुसंख्यक सनातनीहरूमाथि संकट आएको, देशको पहिचान, मौलिकता, स्वाभिमान गुम्दै गएको, नेताहरू सत्तालिप्सामा डुब्दै गएको, देशमा अन्याय, अत्याचार, दुराचार, भ्रस्टाचार, ढिलासुस्ती बढ्दै गएकोले त्यसको निराकरणको एक मात्र विकल्प हिन्दू अधिराज्य पुनस्र्थापना रहेकोले सो ऱ्याली निकाल्न लागिएको विश्व हिन्दू महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले पत्रकार सम्मलेनमा जानकारी गराइन् ।
देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकाले त्यस्तो धर्मान्तरणमा रोक लगाउनु पर्ने मागसहित सम्पूर्ण देशभक्त नागरिकहरूको प्रत्यक्ष र परोक्ष सहयोगमा निकाल्न लागिएको सो ¥याली शान्तिपूर्ण रहने अध्यक्ष भण्डारीले बताइन् ।
सो पत्रकार सम्मेलनमा ८१ प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बी र ९४ प्रतिशत भन्दा बढी ॐकार परिवार रहेको नेपालमा धर्मनिरपेक्ष राज्य घोषणापछि धर्मान्तरण गर्ने कार्य अभियानकै रुपमा सञ्चालन भैरहेको विश्व हिन्दू महासंघले जानकारी दिएको थियो ।
उक्त पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवलशमशेर राणाले नेपाललाई एकताको प्रतीकका रुपमा राजसंस्था र हिन्दू धर्म अनिवार्य पक्ष रहेको बताए । उनले विश्व हिन्दू महासंघले धर्मान्तरण विरुद्ध आयोजना गरेको कार्यलाई आफ्नो दलको पूर्ण समर्थन र साथ रहेको पनि बताए ।
महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले विश्वभरका सनातनीहरुको आस्थाको केन्द्र रहेको महासंघले सबैको विश्वास र साथ लिएर नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने अभियान सञ्चालन गर्ने उद्घोष पनि गरिन् ।
धर्मान्तरणविरुद्ध हुने प्रदर्शनमा देशभित्र र देशबाहिर रहेका सबैको समर्थन रहने विश्वास व्यक्त गरिन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष अरुणकुमार पाण्डे, नेपालका लागि नेपाली पार्टीका महामन्त्री दीपक आत्रेय, बीपी कांग्रेसका महामन्त्री देवेन्द्रप्रसाद पौडेल, राप्रपाका महामन्त्री एवं प्रवक्ता सगुनसुन्दर लावतीलगायत विभिन्न सनातनी संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
ऱ्याली सम्बन्धी पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष अस्मिता भण्डारी एवं राप्रपा प्रतिनिधिसभा सदस्य धवल शमशेर राणाले जवाफ दिएका थिए ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend