Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरूवा बन्दुकसहित युवक पक्राउ


    मंगलबार, मंसिर २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ बडाचौरका २४ वर्षीय शिव पाण्डे रहेका छन् । 

    उनलाई साेमबार साँझ बन्दुकसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    घरमा भरुवा बन्दुक राखेको सूचनाको आधारमा प्रहरी चौकी विर्घाबाट खटिएको टोलीले उनलाई प्रहरीले पक्राउ गरेकाे हाे । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार