सिमकोट । झण्डै एक वर्षपछि हुम्लाको सिमकोट विमानस्थल संचालनमा आएको छ । सिमकोटमा सोमबारदेखि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम( नेपाल एयरलाइन्स) ले उडान सुरु गरेको छ ।
नेपाल एयरलाइन्सको हवाइजहाजले अब हुम्लामा नेपालगञ्जबाट हप्ताको एक दिन उडान गर्ने भएको छ ।