काठमाडौं । एकनारायण अर्याल मुख्यसचिव भएपछि रिक्त गृहमन्त्रालयको सचिवमा नारायण शर्मा दुवाडीले मौका पाउने भएका छन् । दुवाडी हाल राष्ट्रपति कार्यालयमा कार्यरत छन् । गृहमन्त्री रमेश लेखकले उनलाई गृहमन्त्रालयको सचिव बनाउन लागेका हुन् । दुवाडी गएको साउन १४ मा २२ सचिवको सरुवामा प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा खटाइएका थिए ।
राष्ट्रपति कार्यालयमा सरुवा भएपछि उनले पीएसओ मागेर हैरान पारेका थिए । सेरोमोनियल राष्ट्रपतिको सुरक्षार्थ नेपाल प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएकोमा केही दिनअघि सेटै परिवर्तन भएको थियो । नयाँ आएका इन्स्पेक्टरसँग उनले पीएसओ मागेर हैरान बनाएका थिए । राष्ट्रपतिका लागि प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी तैनाथ भएपनि सचिवका लागि पीएसओ दिन कानुनतः नमिल्ने कुरा थाहा भए पनि उनले किन मागेका हुन् भनेर सचिवालयका कर्मचारीहरु नै चकित परेका थिए ।
राष्ट्रपति कार्यालयमा पीएसओ नपाएका उनी अब ७७ हजार प्रहरीदेखि ३७ हजार सशस्त्र प्रहरीकै खटनपटन गर्ने गृहमन्त्रालयको प्रशासनिक नेतृत्व गर्ने भएका छन् । यसअघि बाणिज्य मन्त्रालय र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव भइसकेका दुवाडी निर्णय क्षमता भएकाभित्र भने पर्दैनन् । सुदूरपश्चिम घर भएका महलेखा नियन्त्रक विनोदप्रकाश सिंह र त्यही भूगोलमा ससुराली भएका कृष्णहरि पुस्करले गृहमन्त्रालयमा जानका लागि सबै शक्ति लगाउँदा पनि दुवाडीले बाजी मार्ने भएका छन् ।
विनोदप्रकाश सिंह टेरामक्स खरिदको घोटालामा कुनै पनि बेला मुद्दा जानसक्ने भनेर गृहमा लाने कुरामा मन्त्री लेखक पछि हटेका छन् । पुस्करलाई पनि मन्त्रीले त्यति नरुचाउँदा दुवाडीले बाजी मार्ने भएका छन् । पुस्करले त सचिव बढुवा हुनासाथ प्रदेशमा पदस्थापन नभई गृहमन्त्रालयमा हुने भन्ने ग्यारेन्टी गरेका थिए । तर गृहमा होइन, आरजु राणाको कृपाले उनी राजस्व सचिव हुने मौका पाएका थिए । तर उनले तीन बर्षसम्म पनि गृहमा जाने धोको पूरा गर्न पाउने संभावना कम छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend