Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सिंगापुर पठाईदिन्छु भन्दै तीन लाख बढी ठगी गर्ने युवक पक्राउ


    सोमबार, मंसिर २२ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । महानगरीय अपराध महाशाखाले सिंगापुर पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा सुनसरीकाे धरान उपमहानगरपालिका-४ बुद्धचाेक घरभई काठमाडाैं सिनामंगल बस्ने २७ बर्षका जनोज लामिछाने भनिने विशाल दर्जी रहेकाे महाशाखाले जनाएकाे छ ।

    पक्राउ परेका दर्जीले सिंगापुर पठाईदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी ३ लाख ३१ हजार ९ सय रूपैयाँ ठगी गरेर फरार भएकाे रमिला श्रेष्ठले जाहेरी दिएपछि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार