Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३ सय ८५ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत


    सोमबार, मंसिर २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्। 

    मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११३ जना आइसियु र ३० जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६८ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आइसियु र ६ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ९ आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९८ आइसियु र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन् । यस अघि आइतबार ३ सय ६८, शनिबार  ३ सय ५७ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार