Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • विराटनगरका विद्यालय पुसबाट खुल्ने


    सोमबार, मंसिर २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । विराटनगर महानगरका सबै विद्यालय पुसबाट खुल्ने भएका छन् । महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार कोरोना महामारीको जोखिम कम भएका कारण विद्यालय खुला गर्ने निर्णय भएको हाे । 

    आइतबार बसेको बैठकले पुस २ गतेबाट विद्यालय खुला गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए । विद्यालय सञ्चालनअघि अभिभावकसँग छलफल गरेर स्वास्थ्य सावधानीका उपायसहित विद्यालय सुरू हुने उनको भनाइ छ ।

    जोखिम कायम नै रहेकाले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालनको प्रवन्ध मिलाइने पराजुलीले बताएका छन् ।

    विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमितको संख्या छ हजार आठ सय ८३ पुगेको छ । कोरोना संक्रमण फैलिएपछि चैत्र ११ देखि विद्यालय बन्द रहँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार