Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सगरमाथाको उचाइ घोषणा गर्दै नापी विभाग


    आइतबार, मंसिर २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पर्सि सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने भएको छ ।

    मंगलबार एक समारोहका बीच औपचारिक रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए । त्यसका लागि नापी विभाग परिसरमा सोमबार एक कार्यक्रमको आयोजना गरिएको छ ।

    मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो । आर्थिक वर्ष ७५/७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ ।

    २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

    सन् १९५४ मा सर्वे अफ इण्डियाले मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर अहिलेसम्म कायम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार