Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • हरिहरपुरगढी गाउँपालिका अध्यक्षका बडीगार्ड पक्राउ, महिलाको चरित्रहत्या गरेको अभियोग


    सोमबार, भाद्र १० २०८१
    3.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सिन्धुली । सामाजिक सञ्जाल मार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै दिएको उजुरीका आधारमा सिन्धुली प्रहरीले दुई युवालाई पक्राउ गरी काठमाडौंमा साइबर ब्यूरोमा बुझाएको छ । साइबर ब्यूरोले बोलाएको बेलामा आउने गरी तारेखमा छाडेको ब्युरोका एक अधिकारीले जानकारी दिए ।

    साइवर ब्यूरो काठमाडौमा सर्लाही जिल्लाकी एक महिलाले दिएको उजुरीका आधारमा सिन्धुली प्रहरीले हरिहरपुरगढीका टंक राई र गाउँपालिका प्रहरी सन्तबहादुर भोलनलाई आइतवार बिहान थप कारबाहीका लागि काठमाडौं पठाएको थियो ।

    हरिहरपुरगढी अनलाइन नाम गरेको फेसबुक पेज मार्फत् टंक राई र सन्तबहादुर भोलनले ती महिलाको चरित्रहत्या गर्दै भिडियो सामग्रीहरु अपलोड गरिएपछि साइवर ब्यूरोमा केस फाइल भएको थियो ।

    ब्यूरोले अनुसन्धान अगाडि बढाएपछि महिलाको चरित्रहत्या गर्दै भिडियो सामग्री बनाएर पोष्ट गर्ने र फेसबुकपेज सञ्चालन गर्ने व्यक्ति हरिहरपुरगढीका माओवादी कार्यकर्ता टंक राई र गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाका बडीगार्ड (गाउँपालिका प्रहरी) सन्त रहेको तथ्य खुलेपछि उनीहरुसँग बयान लिन भन्दै सिन्धुली प्रहरीलाई पत्र लेखेको थियो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ब्यूरोको पत्र अनुसार राई र भोलनलाई लिखित बयान लिएर तारेखमा राखिएको थियो । उनीहरुले प्रयोग गर्दै आएको मोवाइल र लिखित बयानसहित ब्यूरो कार्यालयमा पठइएको थियो । हिजो मात्रै ब्यूरो कार्यालयले पक्राउ गरेर पठाउने भन्ने पत्र आएपछि हामीले माथिको आदेश पालना गर्दै कारबाहीका लागि पठाएको एसपी गोविन्दराज काफ्लेले बताए ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राईले लिएको तीन पृष्ठ लामो बयानमा सो फेसवुक पेज आफूले चलाएको र त्यहाँ पोष्ट गरिएको सामग्री पालिका अध्यक्ष वाइवाको वडीगार्ड भोलन मार्फत् प्राप्त गरेको र सो भिडियो राख्न पालिका अध्यक्ष वाइवाले पनि भनेको बयान दिएका थिए । त्यसपछि मात्रै सन्तबहादुरलाई प्रहरीले बयानका लागि बोलाएको थियो । बयानपछि उनको पनि फोन कब्जामा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।

    बडीगार्डले गरेको बयानमा सो भिडियो पालिका अध्यक्ष मार्फत् आफूले प्राप्त गरेको बयान दिएपछि महिलाको चरित्रहत्या गर्ने कार्यमा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाको संलग्नता रहेको अनुसन्धानका क्रममा खुलेको छ ।

    बैदेशिक रोजगारीका क्रममा रहेका एक व्यक्तिको श्रीमतीसँग अबैध सम्बन्ध र सम्बन्ध बिच्छेद गराउन सहयोगी भूमिका निर्वाह गरेर एक बालिकाको बिचल्ली बनाएको आरोपमा चर्चामा आएका पालिका अध्यक्ष वाइवाको पछिल्लो घटनाले सबैलाई चकित बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार