Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवलपरासीमा प्रहरी र तस्करको सेटिङमा कपडा तस्करी


    शुक्रबार, भाद्र ७ २०८१
    2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा व्यापक कपडा तस्करी भइरहेको छ ।

    नवलपरासीको सनई , गेरमी, अमानिगन्ज, भुजहवा, पाँचपेडा, बसैहिया, रामनगर नाका यतिबेला कपडा तस्करीको लागि मुख्य रोजाई बनेको छ । जब राति हुन्छ तब सनई,गेरमी, अमानिगनज ,भुजहवा, पाँचपेडा , बसैहिया , रामनगर हुँदै परासी जाने बाटोबाट खुलेआम लाइनबद्ध मोटरसाइकलबाट कपडा तस्करी गरिरहेको स्थानीयले प्रत्यक्ष देख्दादेख्दै पनि बरामद नगरेको आरोप छ ।

    तर जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) र सशस्त्र प्रहरी बल २६ नम्बर गणका हाकिम कानमा तेल हालेर सुतेको देखिन्छ । कपडाको तस्करी गर्ने सनई , गेरमी नाकाबाट बेचे गुप्ता, संजय, मेनु रहेका छन् भने अमानिगन्ज, महेशपुर, भुजहवाबाट राकेश सहानी, सुभाष हरिजनको कारोबार चल्दआएको छ ।

    त्यसैगरी पाँचपेडा, बसैहिया, धर्माैली नाकाबाट मामा भने सानू पाल, सुस्ता वडा नं १ बस्ने महेन्द्र चौधरी, रानीनगर बस्ने अमरले ठूलो मात्रामा कपडाको तस्करी गर्दै आएको स्थानीय तथा प्रहरी कर्मचारीले जानकारी दिएका छन् ।
    केही दिन पहिला पश्चिम नवलपरासीमा नयाँ घुमुवा प्रहरी हृदयश चौहान (सई), अमरेश यादव, कमल पाण्डे ,बिजय यादव परिचालन भए पनि जिल्लाबाट हुँदैआएको तस्करीमा कमी आएको छैन, झन् बढेको छ ।

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा पठाउने अभियान डीआईजी हुँदादेखि नै चलाउँदैआएका छन् । मधेश प्रदेशको डीआईजी हुँदा उनले दरबन्दी पठाउने अभियान सुरु गरेका थिए ।
    आइजीपी भएपछि उनले काजमा राखेका प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन परिपत्र नै गरे । तर आईजीपी कुँवरको निर्देशनलाई अटेर गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले काजमा कार्यरत प्रहरीलाई घुमुवाका रुपमा खटाएका छन् ।

    नवलपरासीको नयाँ घुमुवा कमाण्डर सई हृदयेश चौहानको दरबन्दी दंगा कार्यालय सुनवल हो । तर उनलाई जिल्लाको घुमुवा कमान्डरका रुपमा राखिएको छ ।

    त्यसैगरी, एसपी फुयाँलले कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भएका अमरेश यादवको २०८० पुस १९ गते दरबन्दीमा पठाउन परिपत्र आएको थियो भने र बिजय यादवको दरबन्दी अर्घाखाँची भएकालाई घुमुवाका रुपमा खटाएका छन् ।

    गेरमी प्रहरी चौकीका घुमुवा लोकनाथ यादवको दरबन्दी गौतम बुद्ध भैरहवा एयरपोर्टमा २०८० पुस १९ गते दरबन्दीमा पठाउने परिपत्र आएको थियो । जिल्लाका घुमुवाहरूले सानातिना घरायसी समान किन्ने व्यापारीहरूले केही दिन पहिला तीन चार हजारको मिठाई लिएर आउँदै गर्दा लु २ प ८८५, लु ४ प ८६२५ र लु १४ प ५३९ नम्बरको बाइकसहित सामान पनि घुमवाले जिल्लामा बुझाएका थिए ।

    सानातिना घरायसी सामान किन्न जाने सर्वसाधारणको २ हजारको सामानलाई रोकेर चेकजाँच गर्ने सशस्त्र प्रहरीहरुले करोडौंको तस्करी गर्नेहरुको सामानलाई हेरेर पनि नहेरेको जस्तो गर्ने गरेको आरोप छ । ठूला तस्करका सामान भारतबाट नेपाल भित्र्याउन समय तोकिएको हुन्छ, त्यो बेलासम्म सशस्त्र प्रहरी एवं नेपाल प्रहरीका सादा पोशाकमा खटेका प्रहरी सीमावर्ती क्षेत्रमा तथा राजमार्गमा भेटिंदैन, तर अन्य बेला तैनाथ हुन्छन् ।

    भुजहवा, महेशपुर, बसहियाबाट दिनहुँ परासीको सदरमुकाममा भारतीय टाली आए पनि प्रहरीले हेरेर पनि नहरे जस्तो गरेको छ । टालीभित्र पालले ढाकछोप गरेर तस्करीको सामान लिएर आए पनि प्रहरीले चेकपोष्टमा चेकजाँच नगरी छोड्दै आएको छ । सेटिङकै भएकाले चेकजाँच नगरी छाडिएको आरोप छ ।

    भुजहवा, महेशपुर, बसहियाबाट परासीको सदरमुकामसम्म आउनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी चार ठाउँमा चेकपोस्ट रहेका छन् । यसर्थ प्रहरीले तस्करहरुसँग मोटो रकम लिएर तस्कर गर्ने कार्यमा सघाउ पुर्याउँदै आएको बुझ्न सकिन्छ ।

    तस्करहरु रातको समयमा प्रहरीको सहयोगमा कपडा लगायत अन्य समान राजमार्गसम्म पुर्याउने गर्छन् । पश्चिम नवलपरासी यतिबेला तस्करीको लागि मुख्य ट्रान्जिट प्वाइन्ट बनेको छ । एकतर्फ नेपालको राजस्व चुहावट गर्ने अर्कोतर्फ प्रहरी र भन्सारका कर्मचारीहरु मोटाउने कार्य बढ्दै गइरहेको छ ।

    सीमावर्ती भारतीय बजारबाट यतिबेला ठूलो मात्रामा कपडाको तस्करी भइरहेको छ । प्रहरीको यसतर्फ ठूलो हात रहँदै आएको छ ।

    बिशेषगरी नेपाल प्रहरी, सशस्त्र प्रहरीको संलग्नतामा तस्करहरुले सजिलै नवलपरासीको बाटो हँुदै तस्करी गर्दै आइरहेका छन् । यसबापत तस्करीहरुले प्रहरीहरुलाई मासिक रुपमा हजारौं रकम दिने गरेका छन् । तस्करी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत बेवास्ता गर्दै आइरहेको छ ।

    राजकुमार हरिजन

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार