काठमाडौं । नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवरले परिपत्र नै गरी दरबन्दीमा फिर्ता पठाउन र घुमुवा नराख्न निर्देशन दिए पनि मातहतका इन्चार्जहरुले त्यसको पालना नगर्दा भन्सार छलीदेखि विभिन्न अवैध कारोबार फस्टाउन पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी ज्ञानेन्द्रप्रसाद फुँयालले घुमुवा सई हृदेश चौहानलाई परिचालन गरी अतिरिक्त कमाउधन्दा संचालन गरेको आरोप छ ।
सीमाबाट हुने अवैध क्रियाकलापलाई रोक्नुको साटो केही रकमको प्रलोभनमा परी घुमुवाहरुले बढावा दिइरहेका छन् । नवलपरासीका एसपी फुँयालले घुमुवा सई हृदेश चौहानलाई सादा पोशाकमा परिचालन गरेका छन् । सादा पोशाकमा खटिने यी सईको काम भनेको ब्यापारीहरुसँग दररेट तोकेर असुली गर्ने रहेको स्रोत बताउँछ ।
आईजीपी कुँवरले दरबन्दीमा पठाउने अभियान डीआईजी हुँदादेखि नै चलाउँदैआएका छन् । तर उनलाई गुमराहमा राखी जिल्ला जिल्लामा घुमुवा राखेर भन्सारछली गराउने क्रम रोकिने होइन, झन् बढेको छ । काजमा राखेका प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन दिएको निर्देशन अटेर गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी फुँयालले काजमा कार्यरत प्रहरीलाई महत्वपूर्ण चौकीको इन्चार्ज र घुमुवाका रुपमा खटाएका छन् ।
नेपाल प्रहरीले सूचनाका निम्ति खटाइएका सादा पोशाकको टोलीलाई फिर्ता बोलाए पनि संगठनको उक्त नियमको पालना नगरी व्यापकरुपमा सादा पोशाकमा टोली परिचालन गर्ने गरिएको पाइएको छ । नवलपरासीको हकमा भन्ने हो भने प्रत्येक प्रहरी चौकीमा एक जना सादा पोशाकमा टोली परिचालन गर्ने गरेको पाइएको हो । सूचना लिनका लागि भन्दा पनि अतिरिक्त आम्दानीकै लागि घुमुवा खटाइएको स्रोत बताउँछ ।
नवलपरासीका घुमुवा सई चौहानले तस्करहरुसँग घुस उठाउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीयले यस अनलाइनका प्रतिनिधिसँग कुरा गर्दै सीमाबाट हुने अवैध क्रियाकलाप जस्तै खाद्यान्न सामग्री, भैसी, कपडा, खसी , गल्ला, चाइनिज लसुन, टायल, इलेक्ट्रोनिक सामान, कुखुरा, हुन्डी कारोबारी लगायतको गिरोहसँग सहकार्य गरी तस्करीलाई बढावा दिइएको आरोप लगाएका छन ।
एक व्यापारीका अनुसार जिल्लामा गल्ला खाद्यान्नका लागि मनोज गिरीले सई चौहानलाई मासिक रुपमा दररेट बुझाउँदैआएका छन् । चाइनिज लसुन वारपार गराउने बब्लु कमकर, हुन्डी कारोबारी सद्दाम देवानले तोकिएको दररेट घुमुवा चौहानलाई दिने गरेका छन् । जुन दररेट मासिक १ लाखदेखि ५० हजारका दरले तोकिएको छ ।
घुमुवा चौहानको दरबन्दी सुर्खेत गणमा रहेको छ भने काजमा बुटवल दंगामा आए पनि हाकिमहरूलाई मिलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको घुमुवाका रूममा परिचालन छन् । स्रोतका अनुसार एसपी फुँयाल नवलपरासी आएपछि केही समयसम्म तस्करी नियन्त्रणमा कडाइ गरेको देखाएर हाल भने घुमुवा चौहानमार्फत् सबै तस्करहरुसँग सेटिङ मिलाएका छन् । जिल्लाभित्र दिनहुँ चोरी, तस्करी, हत्या बढ्दै गए पनि घुमुवासँग लाइन मिलाएकाले प्रहरीले कानमा तेल हालेजस्तो गर्दैआएको छ ।
केही दिन पहिला २ क्वीन्टल काजुको चर्चा खुब चलेको थियो । काजुको विषयमा जानकारी लिँदा काजु तस्करलाई मिलाएको कुरा चर्चामा छ । नवलपरासी जिल्लभर पछिल्लो समय अबैध सामान ओसारपसारमा कमी आएता पनि सिमावर्ती क्षेत्रमा प्रहरीको मिलेमतोमा दैनिक रुपमा तस्करी हुँदा पनि प्रहरी भने बेखबर जस्तै छ ।
उता, राजस्व चुहावट नियन्त्रण गर्ने निकाय राजस्व अनुसन्धान कार्यालय बुटवल पनि यो बेथितिका अगाडि निकम्माजस्तै देखिएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलमा पनि तस्करहरुले सेटिङ गरी खुलेआम लाइन चलाएका छन् नेपाली जनताको जिउधन तथा शान्ति सुरक्षाको ठेक्का पाएका नेपाल प्रहरीले तस्करीमा आँखा चिम्लदा स्थानीयहरुले नेपाल प्रहरीमाथि गरेको बिश्वास गुम्दै गएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend