बर्दघाट । तराईका सीमा सीमाक्षेत्रबाट तस्करी बढिरहेको छ । सीमा सुरक्षाका लागि राखिएका सशस्त्र प्रहरीका गुल्म, बीओपी र नेपाल प्रहरीका सीमा चौकीका इन्चार्जदेखि गणपति र प्रहरीका जिल्लाका प्रमुखसम्मको मिलेमतोमा तस्करी हुँदैआएको छ । गुल्म र सीमा प्रहरीचौकीमात्र होइन, जिल्ला र गणका अतिरिक्त बाहिनी र प्रदेश कार्यालयसमेतको संरक्षणमा तस्करी मौलाउँदा देशको राजस्व असुलीमा भने असर परिरहेको छ ।
यसैक्रममा सशस्त्र प्रहरी बल २६ नम्बर गण, पश्चिम नवलपरासीले बर्दघाटको एक गोदामबाट शनिबार १८ लाख बराबरका मोवाइल बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले ब्यापारी बालमुकुन्द रौनियाको गोदामबाट उक्त मोवाइल बरामद गरेको हो ।
ब्यापारी रौनियारले बर्षौंदेखि पश्चिम नवलपरासीका महेशपुर र रामनगर नाकाबाट मोवाइल भन्सारछली तस्करी गरी भित्र्याउँदैआएका छन् । उनले भारतबाट तस्करीका मोवाइल सशस्त्र प्रहरी बल महेशपुर गुल्म र सीमा प्रहरी चौकी महेशपुरमा सेटिङ गरी तस्करी गरी बर्दघाटस्थित गोदाममा पुर्यायने गरेका छन् । बर्दघाटबाट उनले पोखरा, काठमाडांैं लगायतका देशका अन्य सहरमा पठाउने गरेको सूचना सशस्त्र प्रहरी मुख्यालयमा पुग्यो । सशस्त्र प्रहरी बलका आईजीपीकै सचिवालयबाट सशस्त्रको २६ नम्बर गणका एसपी प्रकाश वाग्लेलाई बर्दघाटको मोवाइल गोदाममा छापा हान्न निर्देशन दिएको थियो ।

आईजीपी सचिवालयले २० लाख बराबरको मोवाइल गोदाममा रहेको सूचना पाएकाले एसपी वाग्लेले बाध्य भएर छापा हानेका थिए । लुकायो, भेटिएन भन्न नपाउने कडा निर्देशनपछि एसपी वाग्लेले छापा हानेका थिए । छापा हान्दा करिब १८ लाख बराबरका तस्करीका मोवाइल बरामद भएका छन् ।
रौनियार पश्चिम नवलपरासीका महेशपुर र रामनगरबाट मोवाइल तस्करीका बादशाह नै मानिन्छन् । महेशपुरबाटै मोवाइल भित्र्याउने गरेका रौनियारले त्यहाँ सेटिङ नमिलेमात्र रामनगरबाट ल्याउने गरेका छन् । नवलपरासीका यी दुबै नाकामा कडाइ भएको अवस्थामा रौनियारले रुपन्देहीको धकधई नाकाबाट मोवाइल तस्करी गर्दैआएको स्रोत बताउँछ ।
यसअघिका नेपाल प्रहरीका एसपी काजीकुमार आचार्यले कडाइ गरेपछि उनले धकधईबाट मोवाइल भन्सारछली गरी भित्र्याउँदैआएका थिए । ज्ञानेन्द्रप्रसाद फुयाल एसपीका रुपमा गएपछि पश्चिम नवलपरासीका महेशपुर र रामनगरबाट ब्यापारी रौनियारले भारतबाट भन्सारछली गरी सेटिङमा मोवाइल ल्याउने गरेका छन् ।
तीन महिनाअघि राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले रौनियारले तस्करी गरी ल्याएका मोवाइल बरामद गरेको थियो । ६ महिनाअघि भारतीय कस्टमले पनि उनले तस्करी गरी ल्याउन लागेका मोवाइल बरामद गरेको थियो ।
महेशपुर र रामनगरबाट भन्सारछली गरी भित्र्याएका सबै सामान पश्चिम नवलरासीको बर्दघाटमा लाने र कतिपय सामान त्यहीँबाट खरिद गरेको बिल बनाएर अन्य सहरमा पठाउने गरिएको छ । तर मोवाइल भने त्यहाँ खरिद गरेको बिल बनाउन नमिल्ने भए पनि रौनियारले गोदाम बर्दघाटमै गर्ने गरेका थिए ।
रौनियारले सशस्त्रको महेशपुर गुल्मका इन्चार्ज डीएसपी बिष्णु अधिकारी र सीमा प्रहरी चौकी महेशपुरका इन्चार्ज इन्स्पेक्टर गंगादत्त बडुसँग सेटिङ मिलाएर भारतबाट निर्वाध रुपमा मोवाइल भित्र्याउँदैआएका थिए । बडुलाई वर्तमान गृहमन्त्री रमेश लेखकले महेशपुरमा पठाएका हुन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend