Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि नम्रता श्रेष्ठलाई


    शनिबार, मंसिर २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै  श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् ।  

    उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् ।  

    नम्रताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि सिमल कनौजियाले पाएकी छन् भने  ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले पहिरिहेकी छन्। ए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार