Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ३५७ जना कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा


    शनिबार, मंसिर २० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल ३ सय ५० बढी कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा छन्। ३ सय १२ जना आइसियू र ४५ भेन्टिलेटरमा गरी ३ सय ५७ जना संक्रमित आइसियू र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    आइसियू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। त्यहाँ मात्र १ सय १२ जना आइसियू र २४ जना भेन्टिलेटरमा छन्। प्रदेश १ मा ३० आइसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा १० जना आइसियू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    यस्तै, गण्डकी प्रदेशमा ८० आइसियू र ७ जना भेन्टिलेटरमा, लुम्बिनीमा ६३ जना आइसियू र ५ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १० जना आइसियू छन्। कर्णाली प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सुदूरपश्चिम प्रदेशमा ७ जना आइसियू र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार