काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेका एक मन्त्रीले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीले बिहीबार बेलुका भारतीय राजदूत क्वात्रासँग २ घण्टा भेटवार्ता गरेका छन् । उनीहरुबीच ४ बजेदेखि ६ बजेसम्म ललितपुरको एक होटलमा मन्त्रीको मर्यादा नै भुलेर भेटवार्ता भएको हो । नेकपाको विवादमा राजदूत क्वात्रा–मन्त्री त्रिपाठी भेटलाई विभिन्न कोणबाट हेरिएको छ ।
त्यसैगरी काँग्रेस नेता विमलेन्द्र निधी र राजदूत क्वात्रावीच बुधबार सोही होटलमा २ घण्टा नै भेटवार्ता भएको छ ।
भारत नेकपा विभाजन गर्ने र केपी ओली, नेपाली कांग्रेसबीच समीकरण गराउन लागेको छ । विदेशमन्त्री हर्षबद्र्धन श्रृंगलाको नेपाल भ्रमणको बाहिरी आवरण जे जे देखाइए पनि भित्री उद्देश्य ओली–देउवा गठबन्धन नै रहेको जानकारहरुको विश्लेषण छ । नेकपा फुटाउन तत्काल ओली–देउवा गठबन्धन गराउने र ३–४ महिनापछि त्यो टुटाउने र जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने दाउमा भारतीय पक्ष रहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend