हेटौंडा | गत राति मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाँडा स्थित कान्तिलोकपथमा चार वटा ट्रकहरूमा अवैध रूपमा ढुवानी गरिएका ९७ वटा भैंसी तथा राँगाहरू नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय हेटौंडाबाट खटिएको चेकिङ टोलीले राति करिब १०:१५ बजे यी ट्रकहरूलाई रोकेर जाँच गरेको थियो।
प्रहरीका अनुसार, जनकपुरको सपहीबाट र गौरबाट काठमाडौंतर्फ जाँदै गरेका ना ५ ख ६२२१, ना ६ ख ४४४४, ना ७ ख ६२४४ र बा प्र ००१-०१ ख २२३६ नम्बरका ट्रकहरूमा निर्धारित मापदण्डभन्दा बढी संख्यामा पशुहरू लोड गरिएको पाइएको छ।
जाँचपछि, मापदण्ड अनुसारका ७६ वटा भैंसी र राँगाहरूलाई भने गन्तव्यतर्फ पठाइएको छ। बाँकी २१ वटा पशुहरूलाई भने सम्बन्धित पक्षले व्यवस्था गरेको प्रदेश २-०३-००१ ख ६३४१ नम्बरको ट्रकमार्फत बिहान ६:४५ बजे पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, ना ५ ख ६२२१ ट्रकमा २५ मध्ये २०, ना ६ ख ४४४४ मा २७ मध्ये २०, ना ७ ख ६२४४ मा २६ मध्ये २०, र बा प्र ००१-०१ ख २२३६ मा १९ मध्ये १६ वटा पशु मात्र नियमानुसार पठाइएको छ।
मकवानपुर प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। अवैध पशु ढुवानी नियन्त्रणका लागि प्रहरीले कडा निगरानी जारी राखेको बताइएको छ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend