Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खोलाले कटान गरेको ठाउँमा बाँध निर्माण गर्दै सुरक्षाकर्मी


    बिहिबार, असार २८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर । चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा लगातार बर्षाको कारण मनोहरा खोलामा पानीको बहाव बढी कटान गरेको जमिनमा सशस्त्र प्रहरीले तटबन्धन निर्माण गरेको छ ।

    सो खोलाले जमिन कटान गरी नजिकै रहेको बस्तीमा क्षति र्पुयाउन सक्ने सम्भावना देखिएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुरबाट खटिएको सुरक्षा फौजले बोरा र तारजालीको प्रयोग गरी तटबन्धन निर्माण गरेका हुन् ।

    यसैगरी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित ढिम्की मन्दिर इलाकामा बर्षाका कारण बरुवा खोलाले कटान गरेको बाँध निर्माण गरिएको छ ।

    उक्त स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण उदयपुर, नेपाल प्रहरी र स्थानीय वासिन्दासहितको संयुक्त टोलीले २७ वटा तारजाली प्रयोग गरी झण्डै ५५ मिटर बाँध निर्माण गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार