सञ्जय मिश्रा
रौतहट । यसपटक मनसुन सक्रिय भएसँगै दैनिकजसो आउने गरेको बाढीको पानीले रौतहटस्थित लालबकैया नदी र बागमती नदीको बाँधमा कैयौं स्थानमा क्षति पुर्याएको छ ।
क्षतिग्रस्त बाँधको समयमा मर्मत सम्भार नभएको अवस्थामा जिल्लाको पूर्वी भेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा आउने ठूलो बाढीले जनधनको ठूलो क्षति हुनसक्ने सम्भावना रहेको छ ।
यसैबीच लालबकैया नदी नियन्त्रणको लागि मौलापुर नगरप्रमुख मेयर रिनाकुमारी साहको सक्रियतामा सोमवार रौतहट जिल्ला बिपद ब्यवस्थापन समितिद्वारा मर्यादपुरस्थित जोखिमपूर्ण बाँधको निरीक्षण तथा अनुगमन गरिएको छ ।
मेयर साह, उपमेयर नागेन्द्र यादव, विपद व्यवस्थापन समितिका अध्यक्ष तथा सीडीओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विद्यार्थी मोर्चाका अध्यक्ष बिवेककुमार साह, दलित मोर्चाका अध्यक्ष ठागा दास, सहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले मौलापुर १ मर्यादपुरस्थित बाँधको निरीक्षण गरेको थियो ।
टोलीले बाँधमा देखिएका समस्याको समाधान गर्न समयमा पहल गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए। मर्यादपुरछेउ लालबकैया नदीको बाँधमा झण्डै सातसय मीटर क्षतिग्रस्त अवस्थामा देखिएको टोलीमा सहभागी सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन् । जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरमा यसपटक आवश्यक बजेटको व्यवस्था नहुँदा आकस्मिक रुपमा नदी नियन्त्रणमा स्थानीय निकाय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आवश्यकता अनुसार नेपाली सेनाको सहयोग लिनुपर्ने अवस्था देखिएको सशस्त्रका एसपी हुमागाईंले जानकारी दिएका छन् ।
मर्यादपुरछेउको बाँधमा नदीको पानीभन्दा पनि बर्षाको पानीले क्षति पुर्याएको अनुगमन टोलीको निष्कर्ष रहेको छ । हाल लालबकैया र बागमती नदीको कैयौँ स्थानमा बाँधमा देखिएको क्षतिको बर्षात सुरु हुनुअघि मर्मत गर्नुपर्ने आवश्यकता रहेको स्थानीयले बताएका छन् ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend