Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • बारामा उपमहानगरको नक्कली छाप र रसिद बनाएर कर उठाउने पक्राउ


    बुधबार, मंसिर १७ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । बारामा उपमहानगरको नक्कली छाप र रसिद बनाएर कर उठाउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२ बस्ने ३५ वर्षीय अजय कुमार साह रहेका छन्।

    जीतपुर सिमरा उपमहानगरपालिकाको छाप र रसिद नक्कली बनाएर साहले कर संकलन गरेका हुन्। प्रहरीले मंगलबार साहलाई पक्राउ गरेपछि उक्त तथ्य बाहिरिएको हो । 

    मंसिर ७ गते जीतपुर सिमराको वडा नम्बर १६ स्थित बालगंगा खोलामा कर संकलन गरेका थिए । विशेष सूचनाका आधारमा खटिएको प्रहरीले कर संकलन गर्दै गरेको अवस्थामा फेला पारेको हो ।

    साहलाई जिल्ला अदालत बाराबाट पाँचदिनको म्याद थप लिइ अनुसन्धान जारी राखेको बारा प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार