Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुँदै


    शनिबार, असार २३ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जारी युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदखि शुरु हुँदैछ ।

    ईङल्याण्डले राउण्ड १६ मा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै स्वीजरल्याण्डले भने इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

    ईङल्याण्ड र स्वीजरल्याण्डबीच अहिलेसम्म २७ खेल भएको छ । जसमा ईङल्याण्डले १९ खेल जितेको छ भने स्वीजरल्याण्डले ३ खेल मात्र जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

    इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो ।  त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन । स्वीजरल्याण्डको युरोकपमा उत्कृष्ट प्रदर्शन २०२० र यहि युरोकपमा क्वाटरफाइनलसम्म पुग्नु नै रहेको छ ।

    १९९६ मा पहिलो पटक युरोकप खेलेको स्वीजरल्याण्ड अहिलेसम्म ६ पटक युरोकप खेलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार