Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टामा १ हजार ५६७ जना कोरोना संक्रमित संक्रमणमुक्त


    बुधबार, मंसिर १७ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार ५६७  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    यो सँगै नेपालमा २ लाख १८ हजार १ सय ६१ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९२ दशमलब ३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् । 

    आज मन्त्रालयका अनुसार ८ हजार ३ सय  जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख ५४ हजार ६ सय ३०  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ६ सय ५ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १६ हजार ५ सय ४७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार