काठमाडौँ । बेलायतमा विहिबार सम्पन्न आमनिर्वाचनको परिणाम आउने क्रम शुरु भएको छ । यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको भएपनि सर्वेक्षणले लेबर पार्टीले बहुमत ल्याउने देखाएका छन् ।
सर्वेक्षणहरुले ६५० संसदीय सीट मध्ये लेबर पार्टीले ४ सय भन्दा बढी जित्ने अनुमान गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीले केवल १३० सिट जित्ने अनुमान गरेका छन् । यदि सर्वेक्षण सही साबित भयो भने, कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त हुनेछ र बेलायतमा सत्ता संचालनको जिम्मेवारी १४ वर्षमा पहिलो पटक लेबर पार्टीले देशको जिम्मेवारी लिनेछन् । लेबर पार्टीबाट केयर स्टारर प्रधानमन्त्री बन्ने छन् ।
बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन् । यद्यपि, यी वर्षहरू राजनीतिक र आर्थिक परिप्रेक्ष्यमा उथलपुथलले भरिएका छन् र पछिल्लो आठ वर्षमा बेलायतमा पाँच कन्जरभेटिभ प्रधानमन्त्री बनेका छन्।
२०२० मा, केयर स्टारर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए । तर, स्टारमर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो । उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिशन घोषणा गरे । लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपील गर्ने स्टारमरको प्रयास सफल भएको देखिन्छ ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend