Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बर्षमानको राजमा उपसचिव थापाको हालीमुहाली, बिशालबजारदेखि आधा दर्जन संस्थाको जिम्मेवारी


    बुधबार, असार २० २०८१
    3.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्रालयभित्रै करिब ३४ भन्दा बढी उपसचिव कार्यरत छन् । ती उपसचिवहरुलाई आवश्यकता अनुसार अर्थमन्त्रालयको प्रशासनिक नेतृत्व गरेका मधुकुमार मरासिनीले कामको जिम्मेवारी दिने गर्दछन् । ३५ उपसचिवप्रति नै सचिवको दृष्टिमा बराबर हुन् । तर अर्थमन्त्रालयका सचिव मरासिनीको दृष्टिमा एकमात्र उपसचिव सबै जिम्मेवारीका लागि योग्य देखिएका छन् । मरासिनीले तिनै उपसचिवलाई खातमाथि खात जिम्मेवारी दिएका छन् ।

    अर्थसचिव मरासिनीले त्यसरी सबै जिम्मेवारी दिएका उपसचिव हुन्–कमानसिंह थापामगर । थापामगर कर्मचारी प्रशासन शाखाका प्रमुख हुन् । तर उनलाई अर्थसचिवले यति धेरै जिम्मेवारी दिएका छन् कि उनलाई ती निकायको जिम्मेवारी लिन भ्याइनभ्याई छ । फेरि अर्थसचिव मरासिनीले विदेश भ्रमणमा पनि उनलाई नै प्राथमिकतामा राख्दैआएका छन् ।

    अर्थमन्त्री बर्षमान पुनले मन्त्रालय सम्हालेको मुस्किलले ४ महिना पनि पुगेको छैन, तर उपसचिव थापा ३ पटक विदेश भ्रमणमा गइसकेका छन् । बजेट महाशाखाको ४४ सदस्यीय जम्बो टोलीको बिदेश सयरमा पनि उनको नाम छ ।

    माओवादी शासनमा सबैभन्दा बढी लाभ लिने कर्मचारीभित्र गनिन्छन् उपसचिव थापामगर । उनी यसअघि अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा कर्मचारी प्रशासन शाखाको प्रमुख थिए । कर्मचारी प्रशासन शाखामा उनलाई दररेट अनुसार सरुवा गर्नकै लागि मोदीले राखेका थिए । मोदीको बहिर्गमनसँगै सामान्यबाट बाहिरिएका थापामगर बर्षमान पुन अर्थमन्त्री हुनासाथ अर्थको कर्मचारी प्रशासन शाखाको जिम्मेवारीमा पुगे । अर्थको कर्मचारी प्रशासन शाखामै उनलाई भ्याई नभ्याई छ । अरु शाखाका उपसचिवभन्दा कर्मचारी प्रशासन शाखाका उपसचिव बढी ब्यस्त हुन्छन् ।

    अर्थमन्त्रालयमा सरुवा हुनासाथ उपसचिव थापालाई सचिव मरासिनीले विशाल बजार कम्पनीको कार्यकारी प्रमुख(सीईओ)को जिम्मेवारी दिएका छन् । जबकि बिशाल बजार कम्पनीको सीईओ अर्थमन्त्रालयको प्रतिनिधि हुन नियमतः मिल्दैन । बिशाल बजार कम्पनीमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको २ अर्ब सेयर छ ।

    महालेखा नियन्त्रक कार्यालयको १ अर्ब सेयर छ भने अर्थमन्त्रालयको ९६ करोडमात्र छ । तर ९६ करोड सेयर भएको अर्थमन्त्रालयका उपसचिव थापामगर बिशालबजार कम्पनीको सीईओ छन् ।

    बिशाल बजार कम्पनीको सीईओका अलावा थापामगर कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, राष्ट्रिय वीमा कम्पनी जीवन र निर्जीवन दुवै, स्टक एक्सचेन्ज लगायत ६ वटा भन्दा बढी संस्थान र बैंकको पदपूर्ति समितिका सदस्य छन् । यी जिम्मेवारी अर्थका अरु उपसचिवलाई नदिई थापालाई मात्र खातमाथि खात दिने काम सचिव मरासिनीले गरेका छन् । माओवादीनिकट भएकै कारण उनलाई सचिव मरासिनीले यति धेरै जिम्मेवारी दिएर उनी देशका होइन, माओवादीका कार्यालय सचिव जस्तो भूमिकामा देखिएका छन् ।

    त्यसो त सचिव मरासिनीले विगतमा जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि तत्कालीन उपसचिव (हाल प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिव) अर्जुन भण्डारीलाई यस्तै खातमाथि खात जिम्मेवारी दिएका थिए । माओवादी शासनमा रजाई गर्नेमा ३–४ कर्मचारीमा पर्ने प्रधानमन्त्री प्रचण्डका निजी सचिव अर्जुन भण्डारी पर्दछन् । जनार्दनले अर्थमन्त्री हुँदा वीमा कम्पनीको सीइओ नियुक्तिमा भण्डारीमार्फत् चरम हस्तक्षेप गरेका थिए ।

    अर्थमन्त्रालयमा त्यो बेला थुप्रै उपसचिव हुँदाहुँदै भण्डारीलाई सबै विभाग र कम्पनीको बोर्ड सदस्य, पदूपूर्ति समितिको सदस्यमा राखिएको थियो । मन्त्री शर्माले उपसचिव अर्जुन भण्डारीलाई खातमाथि खात जिम्मेवारी दिएर मात्र नपुगी निक्षेप तथा कर्जा सुरक्षण निगमको प्रमुख कार्यकारी अधिकृत बनाएका थिए ।

    निगमको कार्यकारी अधिकृतका लागि मागेको आवेदन रद्द गरी उनलाई नियुक्त गरेका थिए । मासिक ४ लाख तलव सुविधा पाउने निगममा मन्त्री शर्माले भण्डारीलाई नियुक्ति गरेका थिए । नियम कानुन सबै मिचेर उनलाई निगममा नियुक्ति गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार