Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घुससहित सव–इन्जिनियर पक्राउ


    मंगलबार, मंसिर १६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकाकी असिस्टेन्ट सव–इन्जिनियर भगवती राउत पाँच हजार घुस रकमसहित पक्राउ परेकी छन् ।

    असिस्टेन्ट सव–इन्जिनियर राउतले भूकम्प पुनर्निर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिएबापत विभिन्न बहाना बनाई घुस र रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा भीरकोट नगरपालिका–१, बयरघारीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार