Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु साढे १० लाख ठगी, थोकर पक्राउ


    शुक्रबार, असार ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    थोकरले आकर्षक तलबको प्रलोभन देखाई २ जना पीडितहरूबाट १० लाख ३६ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार