काठमाडौं । पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उनीहरूले पत्रकार सम्मेलनमार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुगल लैजाने भन्दै प्रतियुवा १४ लाख रुपियाँसम्म लिएर आफूसहित १७ जनालाई नेपालको विमानस्थलबाट मस्को हुँदै विभिन्न ठाउँमा पु(याएर अलपत्र पारेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले भने, “हामी चैत २८ गते शाहीको माध्यमबाट पोर्चुगल जान भनेर नेपालको विमानस्थल हुँदै मस्को गयौँ । त्यहाँबाट प्रवास नामका भारतीय नागरिकले हामीलाई विमानस्थलबाट रिसिभ गरेर होटलमा लगियो र मस्कोबाट प्लेन टु प्लेन पोर्चुगल लैजान्छौँ भनेका थिए तर हामीलाई त्यहाँबाट ट्याक्सीमा हालेर बेलारुस पु(याइयो ।”
आफूसहित १७ जनालाई १० दिनसम्म बेलारुसमा राखेर त्यहाँबाट पाकिस्तानी एजेन्टका साथमा पोर्चुगलका लागि पानी पानी भएको बाटो हुँदै लाट्भिया पु(याइयो र लाट्भिया प्रहरीले मोबाइलसमेत नियन्त्रणमा लिएर पुनः बेलारुसमै फिर्ता पठाएको आफूहरू अलपत्र परेको पीडित रोकायले गुनासो गरे ।
त्यसपछि पुनः बेलारुसकै होटलमा २० दिनसम्म राखिएको र नेपाल फर्काइदिन आग्रह गर्दा जर्मनीबाट डिपोर्ट भएर आउनुपर्ने बताउँदै एजेन्टले फेरि पोल्यान्डतर्फ लगेको उहाँको भनाइ छ ।
पोल्यान्ड छिर्ने योजना पनि सफल नभएर बेलारुस नै फर्किंदा त्यहाँको प्रहरीले छ जनालाई नियन्त्रणमा लिएर १५ दिन कारागारमा राखेपछि आफ्नै खर्चमा नेपाल फर्काइदिएको पीडित रोकायले बताउनुभयो । युरोपको सपना देखेर सयकडा ३६ प्रतिशतमा ऋण लिएर विदेशिएका युवा अहिले सडकमा आएका छन् ।
उनीहरू प्रतिनिधि मात्रै हो । पछिल्लो पटक उनीहरू जस्तै ठगिनेको सङ्ख्या बढेको छ तर सरकारसँग यसका वास्तविक तथ्याङ्क छैन ।
युरोपका नाममा युवा ठगिने क्रम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत सचेत गराएको छ । मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले वैदेशिक रोजगारीका लागि विभिन्न प्रलोभनमा पारेर ठगी गरेको पाइएकाले त्यसप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।
पछिल्लो समय आकर्षक सेवासुविधाको प्रलोभन देखाई पोर्चुगल, माल्टा, रोमानिया, पोल्यान्डलगायतका युरोपियन देशमा रोजगारी दिने बहानामा लाखौँ रुपियाँ ठगी भइरहेको सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो । यस प्रकारका ठगीका विषयमा सूक्ष्म अध्ययनसमेत भइरहेको मन्त्रालयले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend