Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • रास्वपाले आज दोस्रो स्थापना दिवस मनाउँदै, पार्टी कार्यालयमा चियापान


    शुक्रबार, असार ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।

    चियापान कार्यक्रममा सबै राजनीतिक दलका शीर्षनेताहरुलाई निमन्त्रणा गरिएको छ ।

    कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधि लगायत विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार