Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • नेपालमा मृत्यु हुने कोरोना संक्रमितकाे संख्या १५ सय नाघ्याे


    सोमबार, मंसिर १५ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं– नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको छ।

    गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार २५ जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन १ हजार ४ सय ७४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

    गत २४ घण्टामा ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ३७ हजार ७ सय ४७ पुगेको छ। हाल ५ सय ३५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार