काठमाडौं । भन्सार कार्यालयका कर्मचारीकै सेटिङमा रसुवा भन्सार कार्यालयबाट तस्करी हुँदैआएको छ । भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठककै सेटिङमा तस्करी हुँदैआएको खुलासा भएको छ । भन्सार कार्यालय रसुवाका प्रमुख पाठकका सवारीचालक छे छिरिङ तामाङका भाइ वीरेन्द्रसिंह तामाङ(वाङ छिरिङ)को वाङयाङ इन्टरप्राइजेजका २ वटा ट्रक भन्सार पास भइसकेका थिए ।
भन्सार पास भइसकेका ट्रक गएको जेठ २९ गते भन्सार बिभागको अनुगमन टोलीले शंका लागी पुनः जाँच (रिचेक) गरेको थियो । रिचेक गर्न नदिन विभागको टोलीलाई धेरै दबाब दिने काम वाङछिरिङले गरेका थिए । तर विभागको टोलीले रिचेक गरेरै छाड्यो । रिचेक गर्दा २ वटा ट्रकमा ६० लाख भन्सारछली गरेको भेटिएको थियो । रिचेकका क्रममा महंगो सामान सस्तो देखाएर ल्याएको र परिमाण पनि गलत घोषणा गरी भन्सार छली गरेको पाइएको भन्सार विभागका एक अधिकारीले बताए । महिलाले लगाउने टफ ल्याएर टीसर्ट भनेको देखिएको छ । टीसर्टको भन्दा टफको भन्सार दर दोब्बर नै बढी रहेको छ ।
रसुवा भन्सार प्रमुखका सवारीचालक छेका भाइ वाङछिरिङकै ट्रकबाट भन्सारछलीका सामान निर्बाध आउने गरेको तथ्य त २ वटा ट्रकमा देखिएको ६० लाखको भन्सारछलीले नै पुष्टि गरेको छ । २ वटा ट्रकका सामानको रिचेक गर्ने क्रममै बिभागको टोलीलाई रसुवामै मिलाउन खोजेका वाङछिरिङले भन्सार विभागमा समेत पहुँच पुर्याएर धेरै कम मूल्यांकन गराई ६० लाखमात्र छली भएको प्रतिवेदन बनाउन लगाएको स्रोतको दाबी छ । स्रोतका अनुसार यसअघि रिचेक हुँदा भन्सार विभागको टोलीले २ सय प्रतिशतसम्म छली भएको प्रतिवेदन बनाएको थियो, तर अहिले १ सय प्रतिशतमात्र छली देखाएको छ ।
भन्सार ऐनको दफा ५७((९) लगाउनुपर्नेमा दफा ५७ (५) मात्र लगाइएको छ । दफा ५७ (९) मा २ सय प्रतिशत लगाउने ब्यवस्था छ । दफा ५७.५ मा १ सय प्रतिशत मात्र लगाउने ब्यवस्था छ । भन्सार विभागले १ सय प्रतिशतमात्र लगाएर वाङयङका तामाङलाई सहुलियत दिएको छ ।
वाङयाङ इन्टरप्राइजेजका संचालकहरुमा वाङछिरिङ, सुदीप अधिकारी र छिरिङ तामाङ हुन् । भन्सार प्रमुखको सवारीचालकका भाइ भएकाले उनले रसुवाबाट लाइन मिलाएर तस्करी गर्दैआएका छन् । भन्सार विभागले रिचेक गर्दा ६० लाख भन्सारछली भएको देखिएपछि उक्त रकम असुली गर्न विभागले लेखे पनि ती ट्रकका जाँचकीदेखि कार्यालय प्रमुखलाई भने केही कारबाही भएको छैन । जबकि यसअघि रिचेक हुँदा योभन्दा कम रकम भन्सारछली देखिंदा पनि कार्यालय प्रमुख र जाँचकीदेखि अधिकृतसम्म तानिएका थिए ।
६० लाख भन्सारछली भएको र त्यसमा कार्यालय प्रमुख पाठकका सवारीचालकका भाइ नै संलग्न भएको पुष्टि भइसक्दा पनि रसुवा भन्सार कार्यालयका कर्मचारीहरुलाई भने तानिएको छैन । छली भएको ६० लाख असुली गर्नू मात्र भनिएको छ । जाँचकी र कार्यालय प्रमुखलाई उन्मुक्ति दिइएको बिषयमा भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग प्रतिक्रिया लिन पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend