काठमाडौं । भन्सार कार्यालयका कर्मचारीकै सेटिङमा रसुवा भन्सार कार्यालयबाट तस्करी हुँदैआएको छ । भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठककै सेटिङमा तस्करी हुँदैआएको खुलासा भएको छ । भन्सार कार्यालय रसुवाका प्रमुख पाठकका सवारीचालक छे छिरिङ तामाङका भाइ वीरेन्द्रसिंह तामाङ(वाङ छिरिङ)को वाङयाङ इन्टरप्राइजेजका २ वटा ट्रक भन्सार पास भइसकेका थिए ।
भन्सार पास भइसकेका ट्रक गएको जेठ २९ गते भन्सार बिभागको अनुगमन टोलीले शंका लागी पुनः जाँच (रिचेक) गरेको थियो । रिचेक गर्न नदिन विभागको टोलीलाई धेरै दबाब दिने काम वाङछिरिङले गरेका थिए । तर विभागको टोलीले रिचेक गरेरै छाड्यो । रिचेक गर्दा २ वटा ट्रकमा ६० लाख भन्सारछली गरेको भेटिएको थियो । रिचेकका क्रममा महंगो सामान सस्तो देखाएर ल्याएको र परिमाण पनि गलत घोषणा गरी भन्सार छली गरेको पाइएको भन्सार विभागका एक अधिकारीले बताए । महिलाले लगाउने टफ ल्याएर टीसर्ट भनेको देखिएको छ । टीसर्टको भन्दा टफको भन्सार दर दोब्बर नै बढी रहेको छ ।
रसुवा भन्सार प्रमुखका सवारीचालक छेका भाइ वाङछिरिङकै ट्रकबाट भन्सारछलीका सामान निर्बाध आउने गरेको तथ्य त २ वटा ट्रकमा देखिएको ६० लाखको भन्सारछलीले नै पुष्टि गरेको छ । २ वटा ट्रकका सामानको रिचेक गर्ने क्रममै बिभागको टोलीलाई रसुवामै मिलाउन खोजेका वाङछिरिङले भन्सार विभागमा समेत पहुँच पुर्याएर धेरै कम मूल्यांकन गराई ६० लाखमात्र छली भएको प्रतिवेदन बनाउन लगाएको स्रोतको दाबी छ । स्रोतका अनुसार यसअघि रिचेक हुँदा भन्सार विभागको टोलीले २ सय प्रतिशतसम्म छली भएको प्रतिवेदन बनाएको थियो, तर अहिले १ सय प्रतिशतमात्र छली देखाएको छ ।
भन्सार ऐनको दफा ५७((९) लगाउनुपर्नेमा दफा ५७ (५) मात्र लगाइएको छ । दफा ५७ (९) मा २ सय प्रतिशत लगाउने ब्यवस्था छ । दफा ५७.५ मा १ सय प्रतिशत मात्र लगाउने ब्यवस्था छ । भन्सार विभागले १ सय प्रतिशतमात्र लगाएर वाङयङका तामाङलाई सहुलियत दिएको छ ।
वाङयाङ इन्टरप्राइजेजका संचालकहरुमा वाङछिरिङ, सुदीप अधिकारी र छिरिङ तामाङ हुन् । भन्सार प्रमुखको सवारीचालकका भाइ भएकाले उनले रसुवाबाट लाइन मिलाएर तस्करी गर्दैआएका छन् । भन्सार विभागले रिचेक गर्दा ६० लाख भन्सारछली भएको देखिएपछि उक्त रकम असुली गर्न विभागले लेखे पनि ती ट्रकका जाँचकीदेखि कार्यालय प्रमुखलाई भने केही कारबाही भएको छैन । जबकि यसअघि रिचेक हुँदा योभन्दा कम रकम भन्सारछली देखिंदा पनि कार्यालय प्रमुख र जाँचकीदेखि अधिकृतसम्म तानिएका थिए ।
६० लाख भन्सारछली भएको र त्यसमा कार्यालय प्रमुख पाठकका सवारीचालकका भाइ नै संलग्न भएको पुष्टि भइसक्दा पनि रसुवा भन्सार कार्यालयका कर्मचारीहरुलाई भने तानिएको छैन । छली भएको ६० लाख असुली गर्नू मात्र भनिएको छ । जाँचकी र कार्यालय प्रमुखलाई उन्मुक्ति दिइएको बिषयमा भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग प्रतिक्रिया लिन पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend