Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पोखरामा थप दुई काेराेना संक्रमितको मृत्यु


    सोमबार, मंसिर १५ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप दुई जना काेराेना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पोखरा-१८ निवासी ५१ वर्षीय पुरुष र स्याङ्जाकाे वालिङ नगरपालिका-१४ का ६७ वर्षीय पुरूष रहेका छन् । 

    ५१ वर्षीय पुरुषकाे आइतबार राति ९.४५ बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले वताए । पोखराका १८ का पुरूषको मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमै उपचार शुरु गरिएको थियो ।

    यस्तै स्याङ्जाको वालिङ नगरपालिका-१४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।

    स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार केन्द्रमा उपचाररत उनको बिहान २:१० बजे मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार