कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा एकजनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने १९ वर्षीय जिवन शाही रहेका प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई आइतवार साँझ पक्राउ गरिएकाे हाे ।
ती बालिकालाई गत असोज २५ गते साँझ आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी परेपछि शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।