काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पदभार ग्रहण गरेका छन् ।
महासंघको १९ औं अध्यक्षका रूपमा उनले सोमबार पदबहाली गरेका हुन् ।
पद बहालीका क्रममा उनले महासंघ सञ्चालनमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
आइतवार उनले निजीक्षेत्र र समुन्नत मुलुक निर्माणका लागि तयार पारेको रणनीति कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएका थिए ।