Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • बिच सडकमा भेटियाे २ लाख ३५ हजार रुपैयाँ


    सोमबार, मंसिर १५ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ललितपुरमा २ लाख ३५ हजार रुपैयाँ भेट्टाएकाे छ। 

    ललितपुरकाे महालक्ष्मीस्थान चोकमा नगदसहित चितवन गर्दी-२ का प्रमोद आचार्यको पनि नागरिकता भेटिएकाे प्रहरीले जनाएकाे छ।

    महालक्ष्मी स्थान चोक सडकमा वा ८७ प ७३५५ नं. को मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा चोकमा खटिएका ट्राफिक प्रहरी जवानलाई शंका लागेर हेर्दा २ लाख ३५ हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।

    रकम र नागरिकता महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएकोले सम्बन्धित व्यक्तिले प्रमाणसहित महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्क गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार