Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गौर भन्सार कर्मचारीको बदमासी, समयमा ब्यारियर नखोल्दा समस्या


    सोमबार, असार ४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सञ्जय मिश्रा 

    रौतहट । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान ५ बजे ब्यारियर  (ढाट) नखोल्दा सैयौं मानिसले सास्ती खेप्नु परिरहेको छ।

    भारतीय क्षेत्रको बैरगनियातर्फको बैरिअर भारतीय समय अनुसार बिहान ५ बजे खुल्ने तर गौर भन्सारको ब्यारियर ६ बजे नेपाली समय अनुसार खुल्दा सीमा वारपार गर्ने मानिस तथा सवारीसाधन एक घन्टा कुर्न बाध्य हुँदै आएका छन् ।  एक घन्टा कुर्दा दुवैतर्फका नागरिकले सास्ती खेप्नुपरेको स्थानीय सञ्चारकर्मी रमेश सिंहले बताए ।

    सैयौं नागरिकको समस्या समाधान गर्न  केही दिनअघि जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको दुई देशका सुरक्षा अधिकारीको बैठकमा भारतीय समय अनुसार बिहान ५ बजे दुवैतर्फको ब्यारियर खोल्ने सहमति भए पनि नेपालतर्फ सहमति कार्यान्वयन हुन सकेको छैन ।

    सीमावर्ती भारतीय बजार बैरगनिया रहेको रेलवे स्टेसन हुँदै दैनिक बिहानै दर्जनौं मानिस सीमा वारपार गर्ने गर्छन् ।

    कतिपय मानिस रेलबाट झरेर बिहानै गौरतर्फ आउने गर्दछन्। कतिपय बिहानै रक्सौल हुँदै वीरगञ्जज सम्म पुग्न रेल प्रयोग गर्छन्। तर, गौर भन्सार अगाडिको बेरिएर खुल्ला नहुँदा उनीहरूले सास्ती खेप्दै आउनुपरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार