Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पेट्रोल चोरी गर्ने चालकमाथि सिआइबीले थाल्यो अनुसन्धान


    आइतबार, मंसिर १४ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भारतबाट पेट्रोल आयत गर्दा ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने दुई ट्यांकर चालकमाथि अनुसन्धान अघि बढाइएको छ ।

    प्रहरी प्रधान कार्यालयले पेट्रोल चारी गरी ठगी गर्ने उपर अनुसन्धान अगाडी बढाइएको जानकारी दिएको छ । पेट्रोल चोरी ठगी गरेको आरोपमा पक्राउ परेका बाराका ३५ वर्षीय अजय लामा र बाराकै २८ वर्षीय बिकेश लामामाथि अनुसन्धान थालिएको सिआइबीेले जनाएको छ ।

    बारा, अमलेखगन्ज–६ घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने अजय र सोही ठेगान भएका विकेश मंसिर ११ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

    उनीहरुले भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्यांकरबाट फल्स चेम्बर बनाई इन्धन चोरी गर्ने गरेका थिए । इन्धन लुकाई उनीहरुले भारतकै लगी बेच्ने गरेका खुलासा भएको प्रहरीले जनाएको छ ।

    आयल निगमलाई हानि नोक्सानी पुर्याई ठगी गर्ने गरेको अभियोगमा अनुसन्धान प्रकृया अगाडी बढाइएको सिआइबीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार