सञ्जय मिश्रा
रौतह । मिटर ब्याज अनुचित लेनदेन मुद्दा मिलाउने भन्दै पीडितसँग पैसा लिएका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका-७ घर भएका हरी साहका ४५ वर्षीय छोरा भरोसी साह रहेका छन् । उनलाई पीडितसँग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन् ।
आरोपी साहले सिडियो र अन्य कर्मचारीलाई दिनुपर्छ भन्दै पीडितसँग ५० हजार मागेको आरोप छ ।
पैसा लिइरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गरी पीडितसँग लिएको पैसा फिर्ता गराएर आरोपीमाथि ठगि सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी कारबाही सुरु गरिएको डीएसपी गिरीले जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराइदिन्छु भन्दै ५० हजार लिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ ५ बजे उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । न्युज कारखाना
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend