Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेश प्रदेशमा २ मन्त्री थपिए, भागबण्डा मिलाउन १६ सदस्यीय जम्बो मन्त्रिपरिषद


    आइतबार, जेष्ठ २७ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसमेत १४ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको थियो । आइतबार पुनः १ मन्त्री र १ राज्यमन्त्री थपिएका छन् ।

    मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

    यसअघि विना विभागीय राज्यमन्त्री नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    उनीहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

    यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्य मन्त्री नियुक्त गरेका थिए ।

    भागबण्डा मिलाउन मन्त्रालय टुक्र्याएर १६ जना मन्त्री बनाइएको छ । प्रदेशमा  ७ वटा मन्त्रालय नै बढी हुने भए पनि टुक्र्याएर  १२ वटा पुर्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार