Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • पाँच दलीय सत्ता गठबन्धनः मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद गठन


    शुक्रबार, जेष्ठ २५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पाँच पार्टीको गठनबन्धनमा मधेश प्रदेशको मुख्यमन्त्री भएका सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट ४, माओवादीबाट २, एकीकृत समाजवादीबाट २, नेपाल समाजवादी पार्टीबाट १, नागरिक उन्मुक्तिबाट १ र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

    एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन् ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थमन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त भएका छन् ।

    नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री नियुक्त भएका छन् ।

    नेपाल समाजवादी पार्टीका बिमला अंसारी तरन्नुम गृह सञ्चार तथा कानुन मन्त्री बनेका छन् । यता नागरिक उनमुक्तिका उर्मिलादेवी सिंह श्रम तथा यातायता मन्त्री बनेका छन् ।

    मधेश प्रदेशको मन्त्रिपरिषदमा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खङ्ग विना विभागीय राज्यमन्त्री बनेका छन् ।

    पाँच दलका ५५ सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि उपेन्द्र यादव नेतृत्वको जसपाका मुख्यमन्त्री सरोज यादवले विश्वासको मत नपाएपछि मधेश सरकार ढलेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार