Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बालेनतिर संकेत गर्दै ओलीको टिप्पणीः भैँसीको ढाडमा लात्ती हानेँ भनेर झिँगा दंग पर्छ


    शुक्रबार, जेष्ठ २५ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले गिरीबन्धु टी स्टेट प्रकरणमा १० हजार करोड रुपैयाँ भ्रष्टाचार भएको बिषय उठाएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली उनीसँग आक्रोशित भएका छन् । उनले त्यो आक्रोश पोख्दैआएका छन् । केही दिनअघि संसद भवनबाट बाहिरिंदै गर्दा पत्रकारहरुको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भनेका थिए ।

    शुक्रबार चितवन पुगेर उनले बालेनतर्फ लक्षित टिप्पणी गरेका छन् । आज चितवनको भरतपुर पुगेका अध्यक्ष ओलीले बालेनतर्फ लक्षित गर्दै भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग परेजस्तै भन्ने टिप्पणी गरे ।

    अध्यक्ष ओलीले भने,‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो थाहा पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ चार लात हाने यसपल्ट भनेर । म कसैसँग अनावश्यक विवादमा पर्न चाहिन्न, राष्ट्रिय राजनीतिलाई जिम्मेवार,परिपक्व र सभ्य बनाउनुपर्छ । राजनीतिलाई असभ्य बनाउनु हुँदैन ।’

    गिरीबन्धु टी स्टेटको जग्गा सम्बन्धमा मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराएको भन्दै मेयर बालेनले ओलीविरुद्ध आक्रोश पोखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार