काठमाडौँ । भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले सेयर बजारलाई लिएर प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सीतारमणले गरेको टिप्पणीमाथि प्रश्न उठाएका छन् ।
राहुल गान्धीले सेयर बजारमा प्रधानमन्त्री मोदी र अमित शाहले गरेको दाबीका कारण ३० लाख करोड भारु नोक्सान भएको दाबी गर्दै संसदीय छानबिन समितिको माग गरेका छन् ।
राहुल गान्धीले भने, ‘पहिलो पटक हामीले देख्यौं कि प्रधानमन्त्री, गृहमन्त्री र वित्तमन्त्रीले शेयर बजारको बारेमा टिप्पणी गरेका छन् । मे १२ मा अमित शाहले जुन ४ भन्दा अगाडि शेयर किन्नु पर्ने बताएका थिए । मे १९ मा पीएम मोदीले सेयर बजार अगाडि बढ्ने बताएका थिए । मे ३१ मा ठूला स्टक गतिविधि हुन्छ । जुन ३ मा शेयर बजारले सबै रेकर्ड तोड्छ र जुन ४ मा शेयर बजार ओरालो लाग्छ ।’
राहुल गान्धीले प्रधानमन्त्री र गृहमन्त्रीको टिप्पणीका कारण खुद्रा लगानीकर्ताहरूलाई ३० लाख करोड भारु नोक्सान भएको दाबि गर्दै संसदीय छानबिन समितिको माग गरेका छन् ।
चुनावी नतिजा आउनुअघि विभिन्न च्यानलले गरेको एक्जिट पोलमा एनडीए गठबन्धनले ३५० भन्दा बढी सिट पाउने दाबी गरेको भन्दै गान्धीले एक्जिट पोल गलत हुन्छ भन्ने उनीहरुलाई पहिला नै थाह भएको दाबि गरेका छन् ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend