Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • विदेश जानलाई श्रम स्वीकृतिपछि मात्रै टिकट लिन आग्रह


    आइतबार, मंसिर १४ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन वैदेशिक रोजगारीमा जाने श्रमिकलाई  रोजगार विभागले आग्रह गरेको छ ।वैदेशिक रोजगार विभागले  सूचना जारी  गर्दै श्रम स्वीकृति नलिई टिकट लिएमा र श्रम स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने जनाएको छ ।
    सेवाग्राहीको माग एवं चाप बढ्दै गएपछि विभागले  नवीकरण गर्न  मङ्सिर १४ देखि दैनिक ३०० टोकन जारी गरिने व्यवस्था गरिएको छ । श्रम कार्यालयमा सेवा लिन आउने सेवाग्राहीबाट ‘आजै मेरो टिकट छ’ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएको उल्लेख गर्दै अब १४ गतेबाट कुनै पनि बहाना र बेहोराबाट जारी टोकन अगाडि सार्ने कार्य पूर्ण रूपमा बन्द गरेको विभागले जनाएको छ ।
    विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सेवाग्राहीबाट आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएकामा उहाँहरूलाई मर्का नपरोस् भन्नाका लागि सम्बन्धित शाखा एवं वैदेशिक रोजगार विभागसँग समन्वय गरी टिकट, पीसीआर रिपोर्ट देखाउन लगाई र भिसा समाप्त हुनेका हकमा सो हेरी राखी जारी टोकन एक दिनपूर्व वा भोलिपल्ट बिदा भए अर्को दिन ११ः०० बजेसम्मको भए अघिल्लो दिन पारदर्शी रूपमा सारिदिने गरिएकामा यस सम्बन्धमा कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्न जाने अवस्था रहेको छ ।  वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार