Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बिष्फोटक पदार्थसहित दुई जना पक्राउ


    मंगलबार, जेष्ठ २२ २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • संखुवासभा । संखुवासभा, चैनपुर नगरपालिका-११ सभाखोलास्थित सडकबाट बारूद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने २७ वर्षीय बसन्त कुमाल र २७ वर्षीय बिकाश कुमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बिष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार