काठमाडौँ । सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्नाडाँडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नं. २ को अनुगमन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज १७ गते बिहान सीमा स्तम्भ भएको स्थानमा पुगेको थियो ।
समुन्द्र सतहबाट ५ हजार २ सय मिटर उचाई तथा भौगोलिक रुपमा अत्यन्त विकट र हाई अल्टिच्युडका बावजुत सशस्त्र प्रहरी बलको टोली पहिलो पटक त्यहाँ पुगेको हो । जेठ १३ गते त्यसतर्फ गएको टोलीले १७ गते सीमा स्तम्भ तथा सीमाक्षेत्रको अनुगमन गरी २० गते सदरमुकाम फिर्ता भएको छ ।
साइपाल गाउँपालिका–४ धुलिसम्म मानव बस्ती रहेको स्थानबाट ३ दिन पैदल यात्रा पछिमात्र पुग्न सकिने सीमास्तम्भ सदरमुकामबाट १ सय १७ किलोमिटरको दुरिमा रहेको छ । सदरमुकामबाट २८ किलोमिटर सवारी साधनमा गएको फौज बाँकी पैदल गएको थियो । सीमा स्तम्भ भएको स्थानसम्म पुग्न सशस्त्र प्रहरीको टोली बिचबिचमा पाल टागेर बसेको थियो ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend