Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २६ करोड ठगी आरोपमा पक्राउ परेका लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राख्न अनुमति


    शुक्रबार, मंसिर १२ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाल इन्जीनीयरिङ कलेज चाँगुनाराण भक्तपुरका अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई  सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुक्त राजनारायण पाठकसँगै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत बुधबार काठमाडौं चण्डोलस्थित उनकै घरबाट पक्राउ गरेको थियो।

    कलेजका संचालकहरुसमेत न्यौपानेबिरुद्ध २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ ५१ पैसा बिगो कायम गरेको छ । स्वयं न्यौपानेका नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बिगो कायम गरिएको थियो । तर उनी मुद्दा दायरपछि फरार थिए ।  उनले नेपाल इन्जीनीयरीङ कलेजलाई सरकारले भोगाधिकार दिएको जग्गासमेत गैरकानुनी रुपमा दर्ता गरेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार