Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ सय नाघ्याे


    बिहिबार, मंसिर ११ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं– नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ। 

    गत २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २८ जना संक्रमितको मृत्यु भएको थियो। 

    आज १ हजार ६ सय १४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ।

    गत २४ घण्टामा ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख पुगेको छ। हाल ६ सय ८० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार