काठमाडौं । अनलाईन मार्फत ठगी गरी बिनान्स एप मार्फत लगानी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भएका ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ घर भएका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक पाँचपोखरी थानपाल गाउँपालिका-५ घर भएका २१ वर्षीय करण तामाङ गोले रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-७ सरस्वतीनगरबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २ लाख ४ हजार ५ सय रूपैयाँ, मोटरसाइकल २ थान, मोबाइल ५ थान, ल्यापटप १ थान, एटिएम कार्ड १५ थान, बैंकको चेकबुक १२ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
उनीहरूले सामाजिक सञ्जालका माध्यमबाट सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि विभिन्न प्रलोभन देखाउनुको साथै अनधिकृत रूपमा ईसेवा आईडीमा समेत पहुँच पुर्याई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा १६ लाख ५९ हजार रूपैयाँ रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी खुल्न आएको छ । सञ्जय र करणले हालसम्म Binance App मार्फत १० करोड ९५ लाख ४२ हजार ५ सय २७ रूपैयाँ कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend