Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, तीन सचिव बढुवा हुने संभावना


    बुधबार, मंसिर १० २०७७
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्ने भएको छ । सोमबार र बिहीबार मात्र बस्दैआएको मन्त्रिपरिषद बैठक आज बुधबार ४ बजेका लागि बोलाइएको छ । मन्त्रिपरिषद बैठकले रिक्त ३ सचिवको बढुवा लगायतका निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ ।

    प्रशासनतर्फका १, कृषि र वनका १ र इन्जीनीयरीङका १ गरी ३ सचिव पदका लागि बढुवा समितिले सिफारिस गरेको छ । समितिले प्रशासनतर्फ सहसचिवत्रय गोकर्णमणि दुवाडी, सुमन अर्याल र भरतमणि सुवदीलाई सचिव बढुवाका लागि सिफारिस गरेको छ । कृषि र इन्जीनीयरीङतर्फ ज्येष्ठताका आधारमा योगेन्द्रकुमार कार्की र सुरेश आचार्य सिफासि भएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार