Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले बहिष्कार गर्यो कोशी प्रदेश सभा


    सोमबार, बैशाख ३१ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । नेपाली कांग्रेसले कोशी  प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।

    वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन् ।

    ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ ।

    प्रतिपक्षी दलबाट राप्रपा बैठकमा उपस्थित भएपनि राप्रपाले कुनै पक्षमा मत नदिने र तटस्थ रहने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार